भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस दर्ता



एजेन्सी,चैत-२५ । छिमेकी मुलुक भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस  दर्ता भएको छ ।बितेको  २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको  हो ।

मन्त्रालयले भनेको छ उक्त अंक निकै उच्च हो।यति ठूलो मात्रामा संक्रमणको रेर्कर्ड दर्ता पहिलो हो।

पछिल्लो तथ्यांकअनुसार भारतमा ४ हजार २ सय ८१ जना संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । त्यसैगरी तीन सय १८ जना संक्रमणको उपचारपछि सकुसल घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्