अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द



काठमाडौ,चैत-२५।नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए ।

आन्तरिक उडान यस अघि वैशाख ३ सम्म स्थगित भए पनि अब उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन ।

बिगतमा बैशाख ३ गतेसम्मलाई अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्