अग्नि पीडितलाई कपिलवस्तु युवा संघद्वारा झुल,सिरक र कम्बल वितरण



माधव बेल्वासे,चैत-२६।कपिलवस्तु जिल्लाको बिजयनगर १ गुगौलीका अग्नि पीडितलाई राष्ट्रिय युवा संघ नेपाल कपिलबस्तुले राहत वितरण गरेको छ । गत शुक्रबार उक्त गाउमा आगलागिले २५ घर २४ गोठ जलेका थिए । संघ पुर्व अध्यक्ष गणेश केसीको पहलमा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले उक्त सामाग्री हस्तानतरण गरिएको हो । प्रतिघरपरिवारलाइ १ थान सिरक,१ थान सिरानी,१ थान तन्ना,१ थान कम्बल,र १ थान झुल वितरण गरिएको छ । जिल्लाको पश्चिमि क्षेत्रमा वर्षेनी आगोलागीका कारण ठुलो धनजनको क्षति हुने हुदाँ सर्तक रहन सर्वसाधारणलाई पुर्व अध्यक्ष केसीले आग्रह गर्नुभयो । ‘लकडाउनले जनजिवन प्रभावित छ, यसैमा घरबार विहिन हुदाँँ झन समस्या भयो, केसीले भन्नुभयो ।

पिडितहरु खुल्ला आकाशमुनि बस्न वाध्य भएकोले उनीहरुको दैनिकीमा राहत हुने उद्देश्यले वितरण गरिएको संघका केन्द्रिय सदस्य प्रेम चापागाईले बताउनुभयो । युवा संघले गरेको कामलाई गाउँपालिका अध्यक्ष गोपाल थापाले धन्यवाद दिनुभयो ।

वितरण कार्याक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल ज्ञावालि,प्रेम चापागाई, जिल्ला संयोजक बिजय कुवर,सहसमयोजक कृष्ण कार्की, पुर्ब जिल्ला अधक्ष्य गणेश के सि,श्याम सुवेदी, बिष्णु हमाल लगाएत युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्