देशभर २३ सय ६६ को कोरोना परीक्षण-स्वास्थ्य मन्त्रालय



काठमाडौं,चैत-२६ ।देशभर हालसम्म  २३ सय ६६ जनाको कोरोना भाईरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराईएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर  विकास देवकोटाका अनुसार काठमाडौं उपत्यकामा आजसम्म १९६५ को कोरोना भाइरसको परीक्षण गरिएको र   काठमाडौं बाहिरको ४०१ जनाको परीक्षण भएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमण भने भेटिएको छैन् ।

देशभरि २३ सय ६६ जनाको कुल परीक्षण भएको छ । आजपनि करिब १८० केशका नमूना रन भैरहेको उनले जनाए ।उनकाअनुसार काठमाडौं उपत्यकामा १२ जना र काठमाडौं बाहिर १२२ गरि कुल १ सय ३४ जना अहिले आईसोलेशनमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्