यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटमा स्वास्थ्य सामग्री प्रदान



नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा संयुक्त रुपमा प्रदान गरिएको थानापती स्वास्थ्य चौकीका प्रमुख उद्दब कार्कीले बताउनुभयो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणप्रति सजगता अपनाउन सामग्री प्रदान गरिएको हो।सामग्रीमा १थान थर्मल गन(थर्मोमिटर),स्यानिटाईजर सर्जिकल मास्क,पन्जा,पिपिई सेट लगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री रहेको छ।

स्वास्थ्य सामग्री शिवपुरी गाउँपालिका वार्ड नम्बर -८ का अध्यक्ष पदमबहादुर थपलिया र कार्यपालिका सदस्य कुन्जन नेपालीका साथ थानापति स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्