बेलायतमा अर्का गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु



लन्डन,चैत-२७।कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुने ५८ वर्षीय पुर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ रहेका छन्।नेपालस्थित पर्वत घर भएका गुरुङ १४ दिनदेखि उपचाररत थिए।

तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेतप्रसाद गुरुङको मंगलबार साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

यसअघि कोरोना संक्रमणबाट बेलायतमा  पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्