ढुङगाले हानी आफ्नै बुबाको हत्या



गुल्मी,चैत-२८। ढुङगाले हानी हत्या गरेको अभियोगमा एकजनालाई  प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । आफ्नै बुवालाई ढुङगाले हानी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका पालुखाका अर्जुन कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।बुबा ४६ वर्षीय टेक बहादुर कुमाललाई छोराले ढुङ्गाले प्रहार गरेका थिए।

आफ्नै बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्