दाङमा भालुको आक्रमणबाट एक घाइते



टेकबहादुर पुन,चैत-२८। दाङ्गको लमहीमा भालुको अाक्रमणबाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् ।

डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो ।भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते चौधरीको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।

हाते हतियार नभएको भए अाफ्नो मृत्यु समेत हुन सक्ने चौधरीले बताए । चौधरी एक्लै जंगल गएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्