गोरु काटेको अभियोगमा दुई पक्राउ



काठमाडौ,चैत-२९।गोरु काटेको अभियोगमा दुई युवा पक्राउ परेका छन।पोखरा महानगरपालिका वडा नम्बर-३३ छप्ल्याङस्थित  चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्की रहेका छन।भुजेल र कार्कीद्वयलाई गोरुको मासु र पुछारसहित प्रहरीले पक्राउ गरेको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्