नारायणी नदीमा बेपत्ता युवकको शव प्रहरीले निकाल्यो



चितवन,चैत-२९।नारायणी नदीमा बेपत्ता युवकको शव प्रहरीले निकालेको छ।पौडी खेल्ने क्रममा बेपत्ता भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामाको शव नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले  निकालेको हो ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको सशस्त्र प्रहरी टोली त्यसतर्फ खटिएको थियो ।

त्यहाँस्थित सशस्त्रका नायब निरीक्षक प्रह्लाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले शव नदिबाट बाहिर निकालेको श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्