लायन्स र लिओ क्लब बुटवलद्वारा १ सय १७ घरलाई खाद्यान्न



बुटवल,चैत-२९ । लकडाउनका कारण हात मुख जोर्न समस्यामा परेका अति बिपन्न तथा ज्यालादारीमा काम गरि खाने परिवारलाई लायन्स क्लबद्वारा खाद्यान्न बितरण गरिएको छ ।खाद्यान्न बितरण लायन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलले संयुक्तरुपमा बुटवल उपमहानगरपालीका वडा –२ भिमसेनटोलमा  गरेको हो ।भिमसेन टोल बिकास समितीका सभापति महेन्द्रराज भण्डारीलाई सो खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको र टोल बिकास समितमा रहेका १ सय १७ घर लक्षित वर्गलाई वितरण गरिने क्लबले जनाएको छ ।सभापति भण्डारीले सिंगो मुलुक लकडाउन हुँदा पनि लायन्स क्लवहरुले सहकार्य गरेर विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताउनुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल डिष्ट्रिक्ट को चिफ एड्भाईजरद्धय एमजेएफ अर्जुनमान शैजु र निर्मल लाकौल, लायन्स आखाँ अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायस क्लब अफ बुटवलका पूर्व अध्यक्ष अनिल प्रसाद श्रेष्ठ, लायनेश क्लब बुटवलका अध्यक्ष पुजन श्रेष्ठ, लियो क्लबका अध्यक्ष अबिनास श्रेष्ठको लगायतको उपस्थिति रहेको  थियो ।

खाद्यान्न भोली आइतबार  बितरण गरीने लायन्स क्लब अफ बुटवलका अध्यक्ष नशेस कुमार श्रेष्ठले जानकारी  दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्