प्युठान र दाङका ११ मजदुर गुल्मीमा अलपत्र



राम बहादुबिश्वकर्मा,चैत-३०।प्युठान र दाङका ११ मजदुर गुल्मीमा अलपत्र परेका छन। पर्बतबाट घर जान उनीहरु  त्यसतर्फ हिडेका थिए।घर जानका लागि पैदल हिडेका प्युठान र दाङका ११ जना मजुदुर गुल्मिमा अलपत्र परेका हुन ।मजदुर बिखर्ची भएपछि घरतर्फ लागेका थिए।मजदुरहरु फेवा कन्सट्रक्सन पर्बतबाट सडकमा काम आएका हुन।उनीहरु पर्बतमा पर्खाल (वाल) लगाउने काम गर्दै आएका थिए ।उनीहरुको घर प्युठानको सरुमारानी गाउँपालिका ५ बिरिङ्कोट र लमही नगरपालिका १ सुनडबरीमा पर्दछ।

प्युठानको सरुमारानी गाउँपालिका ५ का ८ जना र लमही नगरपालिका १ सुनडबरिका ३ जना मजदुरहरु लकडाउनमा फसेपछि पर्बतबाट हिडेर गुल्मि आईपुगेका हुन् ।पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए लकडाउनले सडकको काम बन्द भएपछि सबै जना बेरोजगार भएको उनिहरुले बताए। ठेकेदारले वास्ता नगरेको र बैंक बन्द भएकाले पारिश्रमिक दिन नसक्ने भनेपछी आफुहरु घर हिडेको सरुमारानी ५ का बेगम नेपालीले बताए।

लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर लमही नगरपालिका १ सुनडबरीका दिपक सार्किले बताए । उनिहरु पर्बत, बाग्लुङ हुँदै तिन दिन हिडेर गुल्मि आएका हुन् । रात दिन हिड्दा पनि आफुहरु प्युठान आईपुग्न १० दिन लाग्ने उनले बताए ।आफुहरु ८ बजे सम्म हिड्ने र विहान ६ बजे उठेर फेरी पैदल हिड्न सुरु गरेको उनिहरुको भनाई छ ।लकडाउनका कारण बाटोमा कहिकतै होटेल तथा पसलहरु नखुलेको हुदा चाउचाउँ र विस्कुट मात्रै खाने गरेको उनले बताए। भोकै प्यासै पैदल हिडदा हातखुट्टा दुखेर हैरान हुने उनको दुखेसो छ ।३ दिनको अवधिमा उनीहरुले करिब  १५० कि.मि को पैदल दुरी पार गरेका छ्न । ‘

सवारीसाधनको व्यवस्था हुने त कुरै भएन’ उनिहरुले भने, ‘बिच बिचमा प्रहरीले समस्या दिन्छ रे भन्ने सुनेका छौँ, भोकै भएपनी घर पुग्न पाए हुन्थ्यो प्रहरीले नरोके घर पुग्न अझै ५ दिन लाग्छ होला’ ।बाटोमा आफूहरु जस्तै थुप्रै सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । हामी जस्ता अन्य मजदुरी गरेर खानेलाई बसेकै स्थानमा सरकारले खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्