कोरोना संक्रमित युवक १६ दिन अघि भारतबाट आएको खुल्यो



काठमाडौ,बैशाख-२।रौतहटका १९ वर्षीय  कोरोना संक्रमित युवक भारतबाट आएको खुलासा भएको छ।ती युवक २ साता अघि मात्रै भारतको दिल्लीबाट रौतहटस्थित ईशनाथ नगरपालिका–५ मोतिपुर आफ्नो घर आएको खुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार भारतदेखि नेपाल भित्रिएपछि  ती युवक १६ दिनदेखि ईशनाथको औरैयामा रहेको क्वारेनटाइनमा बस्दै आएका थिए ।

ती युवकको घरमा बुबा, आमा, श्रीमती, दुई भाइ र एक बहिनी छन् । उनको श्रीमती भने माइतीमै रहेको प्रशासनले उल्लेख गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्