आजको मौसम:चट्याङ सहित बर्षाको सम्भावना



काठमाडौं,बैशाख-२। स्थानीय वायु तथा पश्विमी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ।साथै देशको ठाउँ ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको समेत बिभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका पहाडी भू–भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्