चट्याङ लागेर दुईको मृत्यु



काठमाडौ,बैशाख-३।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तिखाधारमा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ ।मृत्यु हुनेमा सात वर्षीया लक्ष्मी खाती रहेकी छन।उनको घरभित्रै बसिरहेको अवस्थामा मङ्गलबार राति चट्याङ लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । घटनामा परि अन्य पाँच जना परिवारका सदस्य समेत घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो ।

त्यसैगरी मकवानपुरमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मनहरीले जनाए अनुसार मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्