र्‍यापिड टेष्टमा गोरखाका एक युवामा पनि देखियो कोरोना पोजिटिभ



गोरखा,बैशाख-३। र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा गोरखा आरुघाटका एक युवामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका–५ का ती ३१ वर्षीय युवा फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।

नेपाल आएको ४० दिनपछि मात्र  उनमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्