अन्तर्राष्ट्रिय उडान प्रतिबन्धको समयावधि बैशाख १८ सम्म लम्बियो



काठमाडौ,बैशाख-३।सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धको समयावधि लम्ब्याएको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार अन्तर्राष्ट्रिय उडानका अलवा आन्तरिक उडानलाई समेत सोही अवधिसम्म रोक लगाइएको छ।

सरकारले यसअघि बैशाख ३ गतेसम्म प्रतिबन्ध गर्ने निर्णय गरेको थियो 

प्रतिक्रिया दिनुहोस्