घाँटीमा बाख्राको मासु अडकिएर मृत्यु



काठमाडौ,बैशाख-७ । सल्यान जिल्लास्थित एक ब्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी देवीलाल कामीको मृत्यु भएको हो ।६९ वर्षीय कामी शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका थिए।पूजा गरिएको बाख्राको मासु खाने क्रममा उनको आइतबार बिहान ३ बजे घाँटीमा मासु अड्किएको बताइएको छ। उनलाई मासु अड्किएपछि उपचारार्थ तत्काल अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्