´लकडाउन`खुलेको तेस्रो हप्ता पछि एसईई परीक्षा



काठमाडौं, बैशाख- ८। कोरोना भाइरस(कोभिड-१९) को महामारीका कारण अहिले एसईई परीक्षा रोकिए पनि लकडाउन खोलेको ३ हप्ता पछि मात्रै परीक्षा संचालनमा ल्याउने  छलफल  चलिरहेको शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले बताएका छन् ।

राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे र विश्व विद्यालयका परिक्षाहरु लकडाउन खुलेको तेस्रो हप्ता भित्र गर्न सकिने सुझाव दिएका छन, सोही अनुसार परीक्षा लकडाउन सकिएको तेस्रो सातादेखि गर्न सकिने मन्त्री पोखरेलको भनाई रहेको छ ।मन्त्री पोखरेलले वाध्यात्मक र जवरजस्ती ढंगले परिक्षा शुरु नहुने समेत बताएका छ्न।

उनले देशको संकट अवस्था मुल्यांकन गरेर  जेठ सम्म परिक्षा दिलाउन  र दशैं अगाडि पठनपाठन सुरु भए शैक्षिक सत्रमा खलल नपुग्ने मन्त्री  पोखरेलको भनाई  छ ।

अहिले विश्वविद्यालयदेखि सिटीइभिटीका समेत परिक्षा रोकिएका छन् । कतिपय ठाँउमा कक्षा ८ को परिक्षा पनि नभएकाले स्थानिय सरकारलाई परिक्षावारे निर्णय गर्न अनुरोध गरेको मन्त्री पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्