नुवाकोट जिल्लाको पुर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या



नुवाकोट,बैशाख-८ । नुवाकोट जिल्लाको सुदुरपुर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या उत्पन्न भएको छ। बिगत एक सातादेखि नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि लकडाउनको समयमा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन।

´मोबाइलमा एकैछिन नेटवर्क देखिन्छ,देखिएको नेटवर्कले काम गर्दैन। यद्यपि टेलिकमले यसप्रति कुनै चासो नदिएको स्थानीय राजनीतिकर्मी समेत रहेका टीकाप्रसाद कडेलले साझापथसग गुनासो गरे।अहिले नुवाकोट जिल्लाको पुर्वी क्षेत्रको लिखु,शिवपुरी र पञ्चकन्या गाउँपालिका क्षेत्रमा यसप्रकारको समस्या रहेको उनी बताउँछन्।

यता जिल्लास्थित दुरसंचार  कार्यलयका निरप्रसाद देवकोटाका अनुसार जिल्लाको बालकुमारी टावरमा समस्या आएकाले टेलिकमको नेटवर्कमा समस्या आएको बताए। लकडाउन अवधिमा अत्याधिक ग्राहकको जिल्ला  प्रवेश र हावाहुरीका कारण टावरमा आवश्यक विद्युत आपूर्ति हुन नसक्दा नेटवर्कमा समस्या भएको स्विकारे। उनले यथासिघ्र समस्याको समाधान गर्न पहल गर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्