धादिङमा चट्याङ लागेर दुईको मृत्यु सात घाइते



धादिङ,बैशाख-९।दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति चट्याङ परेर  दुई जनाको ज्यान  गएको छ भने सात घाइते भएका छन् ।

मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार गम्भीर घाइते अर्का एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनका अनुसार गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएका कारण  घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको बताइएको छ।

घाइते भएका चार महिला र दुई पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्