चट्याङले महिलाको ज्यान लियो



बागलुङ,बैशाख-१०। गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा मंगलबार दिउँसो परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षीया बिजुली खत्रीको रहेको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

खत्रीलाई घरमै बसिरहेका बेला चट्याङ लागेको थियो।चट्याङबाट मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भएका थिए।श्रीमान सोमबहादुरको अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट अन्य भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए ।

जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्