बाँकेमा तीन बालकको शव फेला



बाँके,बैशाख-१२ । बाँके जिल्लामा तीन बालकको शव फेला परेको छ।बाँके जिल्लास्थित  बैजनाथ गाउँपालिका वडा नं २ पितमारीको नालामा तीन बालकको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

बिहीबार ती बालकहरु दिउँसोपख  पौडी खेल्न गएका र  तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा  पितमारी बस्ने १२ वर्षीय नवीन परियार,१२ वर्षीय नरेश कुँवर र  ११ वर्षीय अनित रावत रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको प्रहरी श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्