लकडाउनमा अलपत्र काठमाडौका यात्रु बोकेको बस महोत्तरीमा दुर्घटना,एकको मृत्यु



काठमाडौं, बैशाख-१३ । लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मानिस लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी एकको ज्यान गएको छ ।शनिबार बिहानै महोत्तरी बर्दिवास नगरपालिका ३ स्थित सडकको घुम्तीमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको हो।

दुर्घटनामा २२ वर्षीय सहचालक प्रदिप बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बिश्वकर्मा दोलखाको तामाकोशी ३ का स्थानीय हुन।

घाइतेहरुको बर्दिवासको शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्