पञ्चकन्या र शिवपुरी गाउँपालिकालाई कार्डसन नुवाकोटद्वारा स्वास्थ्य सामग्री प्रदान



नुवाकोट,बैशाख-१५ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकालाई कार्डसन नुवाकोटले स्वास्थ्य सामग्री प्रदान गरेको छ । आइतबार जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई कार्डसन नुवाकोट ले कोरोना भाईरस नियन्त्रणका लागि अावश्यक स्वास्थ्य  सामाग्री प्रदान गरेको हो।कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती

दुबै गाउँपालिकालाई छुट्टाछुट्टै प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पिपिई २ थान,थर्मोमिटर १अोटा,केएन ९५ माक्स २५ थान, हेण्ड सेनिटाईजर ५० अोटा, पञ्जा २ बाकस,सर्जिकल माक्स १५०० अोटा रहेको छ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष उप्रेती

उक्त स्वास्थ सामाग्री शान्ति भोलेन्टियर्स एसोसिएसन जापान एसभिए जापानको अार्थिक सहयोगमा  कार्डसन नुवाकोटले कोरोना भाईरस नियन्त्रणमा नुवाकोट मा सहयोग पुर्याउन हस्तान्तरण गरिएको कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतिले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्