बजार अनुगमन तीव्र, प्रभाव भने अझै कमजोर



काठमाडौँ,साउन ११ । सरकारले बजार अनुगमनलाई तीव्र बनाएको दाबी गरे पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन नसकेको सरोकारवालाले बताएका छन्।

आर्थिक वर्ष २०८२/८३ मा उपत्यकाका चार हजार ४८१ व्यावसायिक फर्ममध्ये चार हजार ३६६ (९७ प्रतिशत) मा अनियमितता भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

विभागले ५३७ फर्मलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्दै दुई करोड ६१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। उपभोक्ता अधिकारकर्मी र विज्ञहरूले जरिबानामात्र होइन, व्यवसायीलाई जिम्मेवार बनाउने र उपभोक्ता सचेतना बढाउने कार्यक्रम आवश्यक रहेको बताएका छन्।

विभागले सीमित जनशक्तिका बाबजुद बजार अनुगमन र उपभोक्ता गुनासो फस्र्योटलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्