गोरखामा मर्स्याङ्दी नदी किनारमा अज्ञात महिलाको शव फेला
गोरखा,साउन ११ । गोरखा नगरपालिका–१४ नारीघाटस्थित मर्स्याङ्दी नदी किनारमा अन्दाजी ३५–४० वर्षीया एक महिलाको बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार राति स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।बत्यसपछि प्रहरी टोली घटनास्थल पुगेर स्थानीय जनप्रतिनिधिसँग मिलेर मुचुल्का तयार गरेको थियो।
शवलाई पोस्टमार्टमका लागि सोमबार बिहान प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ। हालसम्म मृतक महिलाको नाम, थर र ठेगाना खुल्न नसकेको तथा शवको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

