ज्ञानेन्द्र शाही रिहा



काठमाडौ, बैशाख-१६ । प्रमुख  जिल्ला अधिकारीलाई तथानाम गाली गरेपछि पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् ।स्थानीय तहसँगको समन्वयमा मात्र राहत बाँड्न आग्रह गर्दा शाहीले प्रमुख  जिल्ला अधिकारीलाई तथानाम गाली गरेका थिए।

सर्वोच्च अदालतको आदेशमा शाही मंगलबार रिहा भएका हुन् । शाहीका परिवारले रिहाइको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उनलाइ छाड्न आदेश दिएको हो ।

शाहीलाई ललितपुर प्रहरीले प्रजिअलाई मुख छाडेको र लकडाउन उल्लंघन गरेको आरोमा गत ९ वैशाखको राति पक्राउ गरेको थियो । प्रहरीले शाहीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्