भद्रगोलको विलासेलाई कोरोना भाइरस संक्रमण



लण्डन,बैशाख-१८ ।चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार  ‘विलासे’ उर्फ सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लण्डनमा रहेका नाट्य शृङ्खलामा विलासेको नाममा परिचीत सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो । सुवासले आफ्ना साथी कुमार कट्टेलसँगको कुराकानीमा अहिले स्वास्थ्य अवस्था सुधार भइरहेको बताएका छन् ।

सुवास दुईवर्षदेखि परिवारसहित लण्डनमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्