रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गयो



रोल्पा,बैशाख-१८ । रोल्पामा बम विष्फोट भएको छ।बम  विष्फोट परि चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेका छन्।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ घटना बारे पुष्टि गर्दै डिएसपी गुरुङले भनेका छन।

प्रतिक्रिया दिनुहोस्