बानियाँटार युवा क्लब र जनकल्याण समाज केन्द्रद्वारा टोखामा राहत वितरण



काठमाडौं, वैशाख-१९ । बानियाँटार युवा क्लब र जनकल्याण सामाज केन्द्रद्वारा टोखामा राहत वितरण गरिएको छ। मुलुकमा जारी बन्दाबन्दीलाई मध्यनजर राख्दै काठमाडौंको टोखा नगरपालिकाका ६ हजारभन्दा बढी नागरिकलाई राहत वितरण गरिएको हो । क्लब र समाज केन्द्रले संयुक्तरुपमा विशेषगरि टोखा नगरपालिकामा रहेका गर्भवति, सुत्केरी, बालबालिका, असहाय, विपन्न, अशक्तलगायतका ६ हजारभन्दा बढि प्रभावितलाई दैनिक राहत वितरण गरिरहेको बताएका छन् ।

बानियाँटार युवा कल्बका अध्यक्ष प्रविण बानियाँका अनुसार वैशाख ४ गतेबाट राहत वितरण सुरु गरिएको हो।क्लबले दैनिक चार सय भन्दा बढीलाई तयारी खाना खुवाउने, दाल, चामल, फलफूल, मासु, अन्डा, हरियो तरकारी लगायतका वितरण गर्ने लगायतका काम गर्दै आएको अध्यक्ष बानियाँले बताए । उनले दाल, भात, तरकारी लगायतका पकाएको खाना प्याकेटमा घर घरमै गएर पुर्याउने समेत गरेको जानकारी दिए ।

यस्तै जनल्याण सामाज केन्द्रका अध्यक्ष विकास कुमार दासका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने व्यक्ति सहित टोखा नगरपालिका बाहिरका व्यक्तिलाईपनि खाना उपलब्ध गराउने गरिएको बताए । उनले बन्दाबन्दीका कारण प्रभावित भएका व्यक्तिलाई दुबै क्लबको संयुक्त प्रयासमा खाना उपलब्ध गराउने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्