कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा नतिजा प्रकाशित गर्नु – बागमती प्रदेश



हेटौंडा, बैशाख -१९ । बागमती प्रदेश सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

स्थानीय तहको समन्वयमा विद्यालयीय नतिजा प्रकाशन गर्न गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयले लकडाउन र सामाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न पनि भनेको छ ।

मन्त्रालयले नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न दुर शिक्षा कार्यक्रम लगायतका वैकल्पिक सिकाइका अवसर दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्