तिनाउ खोला नजिकै युवतीको शव फेला



रुपन्देही,बैशाख-१९ । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको शव  फेला परेको छ ।

शव रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको भएको प्रहरीले पुष्टि गरेको छ।दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरका अनुसार  शव शुक्रबार दिउँसो फेला परेको  हो ।

सिर्जना बिहीबार दिउँसो ४ बजे साइकल लिएर घरबाट निस्किएकी थिइन। उनी शुक्रबार बिहानसम्म घरमा नफर्किएपछि परिवारले खोजी गरेका थिए । दोभान प्रहरी चौकीमा खबर गरेपछि खोजतलास अगाडि बढाइएको थियो। सिद्धार्थराजमार्गमा सिर्जनाले चलाएको साइकल भेटिएपछि त्यसको केही समयमा तिनाउखोला किनारमा उनको शव फेला परेको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक घर्तीमगरले बताए । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्