जबरजस्ती करणीको आरोपमा एक पक्राउ



सनिउल्ला धोबी, बैशाख-१९ ।कपिलवस्तुको बिजयनगर गाउपालिका ३ पिपरीका ३० वर्षिय मुस्ताफ मनिहार पक्राउ परेको छन । ११ बर्षकी बालिकालाई जबरजस्ती करणीे प्रयास आरोपमा मनिहार  पक्राउ परेका हुन ।

बैशाख १६ गते राती ८ बजे शौच गर्न गएकी बालिकालाइ हात छोपेर जबर्जस्ती करणीको प्रयास गरेकोले सो घटनालाई गाउमा मिलाउने प्रयास भएको थियो ।

आज मात्र सो घटना बहिरा आएपछि मनिहारलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो।पिडकलाई पक्राउ गरेकोले भोलि मात्र मुद्दा दर्ता हुने र कानुन बमोजिम कार्वाही हुने बताएको प्र नि नेपालले बताउनु भयो ।

घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्