ताप्लेजुङको फुङलिङमा भीषण आगोलागी



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगोलागी भएको छ। शुक्रबार राति करिब साढे १० बजे लागेको आगो नियन्त्रणमा आइसकेपनि आगोलागीको क्षति विवरण भने आईनसकेको प्रहरीले जनाएको छ।

ताप्लेजुङ सदरमुकामस्थित माथिल्लो रोड, पुरानो बैंक लाइनको एक खाजा पसलबाट आगोलागी सुरु भएको थियो। आगोलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् ।

सो आगोलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्