डिस्चार्ज भएका युवकमा पुनः कोरोना पोजिटिभ देखियो



काठमाडौं, बैशाख-२१ । उपचारका क्रममा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक युवकमा पुनः कोरोना संक्रमण देखिएपछि अस्पता भर्ना गरिएको छ। । रौतहटका १९ वर्षीय युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः शनिबार राति भर्ना गरिएको अस्पताल श्रोतले जनाएको छ।

ती युवक र तीन भारतीय मुस्लिम धर्म प्रचारक गएको आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।

अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्