अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकको मृत्यु



अर्घाखाँची,बैशाख-२१ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–६ की ३० वर्षीया रामकला महत्रा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी सिटी अस्पताल बुटवलमा शनिबार राति मृत्यु भएके हो ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी रामकलाकी ७ वर्षीया छोरी विपा महत्रा, सासु ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्