नेपालमा कोरोना संक्रमितको संख्या थप १० जना,संक्रमितको संख्या ६९ पुग्यो



काठमाडौ,बैशाख-२१ । नेपालमा कोरोना संक्रमितको संख्या थप १० जना पुष्टि भएको छ । नेपालगञ्जमा ९ जना र वीरगन्जमा १ जनामा कोरोना संक्रमित पुष्टि भएसंगै नेपालमा  भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । आज एकैदिन पुष्टि भएका संक्रमितमध्ये  ६ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेर समूहका छन् ।

वीरगञ्जमा संक्रमण पुष्टि भएका छपकैयाका ३६ वर्षीय पुरुष हुन ।

संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्