रास्वपाको पदाधिकारी निर्वाचन: सोविता गौतम उपसभापति निर्वाचित
काठमाडौँ, असार १२ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।निर्वाचनबाट उपसभापतिमा सोविता गौतम विजयी भएकी छन्।
गौतमले ७८९ मत प्राप्त गर्दै विजयी हुँदा उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३२४ मत प्राप्त गरे।
सहमहामन्त्री (खुला) तर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरेका छन्। महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित विजयी भइन्।
यसअघि पार्टीको सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए। पदाधिकारी निर्वाचनको परिणामसँगै रास्वपाको नयाँ नेतृत्व टोलीले पूर्णता पाएको छ।

