पानीमा डुबेर २ जनाको मृत्यु



काठमाडौं,बैशाख-२२ । पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।पानीमा डुबेर संखुवासभा र धनकुटामा १ बालिका सहित २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी राई र धनकुटा नगरपालिका १ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङ रहेका छन्।

३२ बर्षीया चन्द्र कुमारी राई आइतबार दिउँसो सभापोखरी गाउँपालिका १ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेकी हुन् भने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको भने आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको हो।

घटना  लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्