प्रचण्डको आलोचना गर्दा पक्राउ परेका पत्रकार पाठक धरौटीमा छुटे



काठमाडौ,बैशाख-२२ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा  आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् ।  उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो।

रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई गत बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्