बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा



काठमाडौ,बैशाख-२२ । नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै उच्च सतर्कता अपनाउन  बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका भरलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निर्णयनुसार मंगलबार बिहान ११ बजेदेखि २५ गते राती १२ बजेसम्म नेपालगञ्ज उपमहानरपालिका क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेकका व्यक्ति घरबाहिर निस्कन नपाउने निर्णय गरिएको छ ।

भाइरसका बारेमा नकारात्मक भ्रम सिर्जना गर्नेलाई समेत कानुनी दायरामा ल्याउने  सर्वपक्षीय निर्णय भएको श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्