कपिलवस्तुको महाराजगन्जस्थित क्वारेन्टाइनमा एकै दिन २८ जना थपिए



सनिउल्ला धोबी,कपिलवस्तु, वैशाख २२।कपिलवस्तुको महाराजगंज नगरपालिकाको क्वारेन्टाइनमा एकै दिनमा थपिए २८ जना थपिएका छन । भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखीएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

आज बसेको स्वास्थ्य शाखाको नियमित बैठकमा अधिकृत खरेलले अब झन चुनौती थपिएको भन्दै सिमानाकामा निगरानी बढाउनु पर्नेमा जोड दिनु भयो । यस अवधीमा निरन्तर डिउटीमा खटेका स्वास्थ्यकर्मीलाई इन्धन, रिचार्जको व्यवस्थापन गरिएको भन्दै विशेष प्रोत्सहन दिन अधिकृत खरेल बताउनु भयो ।

महाराजगंज नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिले ७६ जना रहेका छन । हिजो सम्म ४८ जना रहेकोले आज २८ जना थपिएको महाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारले जानकारी दिनुभयो ।
आजको बैठकमा खोप संचालनको विषयमा समेत छलफल गरिरएको छ ।

प्रतिक्रिया दिनुहोस्