जनक शिक्षाले तीस लाख पुस्तक छाप्न बाकी,आपूर्तिका लागि तयार रहन निर्देशन



काठमाडौं, बैशाख-२३ । जनक शिक्षा सामग्री केन्द्रले तीस लाख पुस्तक छपाई गर्न बाकी रहेको जनाएको छ।यस अघि जनकले हालसम्म १ करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गरिसकेको बताएको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन आउनासाथ पाठ्यपुस्तक ढुवानी गर्न सक्ने–नसक्ने स्पष्टीकरण लिएको छ ।

मन्त्रालयले जनक शिक्षा समग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक महेश तिमल्सिनालाई मन्त्रालयमा बोलाएर पाठ्यपुस्तकको अवस्था बुझ्दै ढुवानीका लागि तयार हुन निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहितको सोमबारको बैठकमा प्रबन्ध सञ्चालक तिमल्सिनाले क्षेत्रीय कार्यालयमा पुस्तक पठाउने काम भइरहेको बताएका छन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवाका रूपमा लिँदै ढुवानीको वातावरण मिलाउन सरकारसमक्ष आग्रह गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

जनक शिक्षाले एजेन्टमार्फत सबै स्थानीय तहमार्फत विद्यार्थीको घर–घरमा पाठ्यपुस्तक पुर्याउने गरी तयारी थालेको छ । त्यसका लागि जनक शिक्षाले सबै क्षेत्रीय कार्यालयमार्फत ढुवानी गर्ने व्यवस्था गरेको हो ।

जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले विराटनगरबाहेक सबै क्षेत्रीय कार्यालयमा पाठ्यपुस्तक ढुवानी शुरू भएको जानकारी दिए । 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिक प्रकाशित  छ ।

प्रतिक्रिया दिनुहोस्