बेलायतमा कोरोना भाइरसका कारण समाजसेवी गुरुङको मृत्यु



बेलायत,बैशाख -२३ । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । गुरुङ एक हप्तादेखि रुघाखोकी लागेर बेलायतस्थित ननिटनको जर्ज इलियट अस्पतालमा भर्ना भएका थिए। सघन उपचारकक्षमा उपचारका क्रममा गुरुङको मृत्यु भएको अर्का समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

समाजसेवी नारायण कोन्मे गुरूङ नेपालस्थित पर्वत चारभञ्याङमा जन्मनुभएको थियो।अध्ययनकै शिलशिलामा उनी कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्