अर्घाखाँचीमा जंगली च्याउ खाँदा आमाछोरीको ज्यान गयो,सासु र देवरानी बिरामी



अर्घाखाँची,बैशाख-२३ । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देवरानी बिरामी परेका छन ।
जिल्लास्थित  भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटीमा उनकी ७ वर्षीय छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती उपचारको क्रममा मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले जानकारी दिए ।

आमा छोरीको दुइ दिनको अन्तरमा मृत्यु भएको हो । त्यस्तै, सासु् लालसरी महत्रा, देवरानी लक्ष्मी महत्रा बिरामी छन् । उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

स्वास्थ्यमा समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जनाएका छन्।च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आउने समस्या देखिएको थियो। त्यसपछी महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अस्पताल पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्