लकडाउन लम्ब्याउने उच्चस्तरीय समितिको निष्कर्ष, मन्त्रिपरिषदको निर्णय बाकी



काठमाण्डौ,बैशाख-२३ । विश्वभर फैलिरहेकोे कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले बैशाख २५ पछि पनि लकडाउन थप गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निबास बालुवाटारस्थित  मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार बैशाख २५ पछि लकडाउन कति दिन थप गर्ने बिषयमा भने अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। मंगलबारको उच्चस्तरीय समितिको बैठकले कोरोना रोकथामका लागि शशक्तरूपमा लाग्ने निर्णय भएको सचिव बिडारीले  जानकारी दिए ।

गत चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिएसंगै सरकारले थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्