भोलि सार्वजनिक बिदा



काठमाडौँ,बैशाख-२४ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले बुधबार सूचना जारी गरी  भोलि सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गृहको सूचनामा भनिएको छ ‘बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा रहेको व्यहोरा निर्णयानुसार अनुरोध छ,’।

प्रतिक्रिया दिनुहोस्