निकुञ्जबाट गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाए



नुवाकोट,बैशाख-२५ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको  गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् ।

नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै  एक घोरल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरि जिम्मा लगाएका हुन ।

शिवपुरी राष्ट्रिय निकुञ्‍जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन वर्षको भाले रहेको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले बताए ।

घोरललाई निकुञ्‍ज वा चिडियाखानामा छाडिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्