प्युठानकी पत्रकार स्वर्गीय भट्टको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न



सीता बिक,बैशाख-२५,प्युठान ।प्युठानका महिला पत्रकार स्वर्गीय बसन्ता भट्टकाे सम्झनामा श्रद्धाञ्जली सभा आज सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाको आयोजनामा १५ औं दिनको श्रद्धाञ्जली सभा बिहिवार सम्पन्न भएको हो ।

खलंगा स्थित स्वर्गीय भट्टको निबासमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले पत्रकार भट्टले सञ्चार जगतमा पुर्याएको योगदानको चर्चा गर्दै एक असल, इमान्दार र कर्मठ पत्रकार गुमाएकोमा उनकाे याेगदानकाे चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए । नेपाल पत्रकार महासघ पाँच  नम्बर प्रदेशका उपाध्यक्ष दिपा पौडेलले महिला पत्रकारिताको चुनौति र सम्भावनाले भरिएको क्षेत्र पत्रकारितामा लामो समय देखि जोडिनुभएकि  भट्टको पत्रकारीताको जिवन र उहाको योगदानका विषयमा चर्चा गर्दै उहाँको निधनले नेपालको महिला पत्रकारिता जगतलाई अतुलनी क्षति पुगेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्